आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो

सोमबार, ०५ जेठ २०८२, १६ : ४२
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव तीन दिनपछि फेला परेको छ।
  • घुमाउने तालमा पौडी खेल्ने क्रममा १५ वर्षीय निरज मल्ल कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए।

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ । 

घुमाउने तालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए ।

बेपत्ता किशोर खोज्नका लागि सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट आएको प्रहरी निरीक्षकको नेतत्वमा चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप