आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । आईपीएलको ६१ औं खेलमा हैदरावादले लखनउलाई निर्धारित २० ओभरमा १० बल बाँकी छँदै ६ विकेटले हराएको हो ।
ओपनरद्वय मिचेल मार्स र एडन माक्र्रमको शतकीय साझेदारीको मद्दतले लखनउले हैदरावादसामु जितका लागि २ सय ६ रनको चुनौती पेश गरेको थियो । जवाफमा हैदरावादले १८ ओभर २ बलमा जममा ४ विकेट गुमाएर चुनौती पार गर्यो ।
हैदरावादका लागि अभिषेक शर्मा एक्लैले ५९ रन बनाए । उनले २० बल खर्चिएर ४३ मेडन राख्दै ६ छक्का र ४ चौका प्रहार गरे । हेनरिक क्लासेनले ४७ रन जोड्दा विकेट किपर इशान किशनले ३५ तथा कमिन्दु मेन्डिसले ३२ रनको योदान गरे । ओपनर अथर्व तायडेले भने १३ रन बनाए । लखनउका दिग्भेश राठीले दुई विकेट लिए । यो जितले हैदरावाद ९ अंक बटुल्दै आठौं स्थानमा उक्लिएको छ भने लखनउ १० अंककासाथ सातौं स्थानमा छ ।
अटल विहारी बाजपेयी स्टेडियम लखनउमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । खेलमा मार्स र माक्र्रमले लखनउका लागि उत्कृष्ट सुरुवात गरे । दुवैले अर्धशतक बनाउँदै पहिलो विकेटका लागि १०.३ ओभरमा ११५ रनको साझेदारी गरे ।
मार्सले मात्र ३९ बलमा ६५ रन जोडे । उनले ६ चौका र ४ छक्का प्रहार गरे । माक्र्रमले ३८ बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्दतले ६१ रन बनाए । निकोलस पुरनले २६ बलमा ४५ रनको महत्त्वपूर्ण योगदान दिए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।
कप्तान ऋषभ पन्त भने ७ रनमा आउट भए भने आयुष बदोनी पनि ३ रन बनाउँदै पभेलियन फर्किन बाध्य भए । अब्दुल सामदले ३ तथा शर्दुल ठाकुरले पनि ४ रन मात्र बनाउन सके ।
हैदराबादका लागि ईशान मलिंगाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । नितिषकुमार रेड्डी, हर्षल पटेल र हर्ष दुवेले १–१ विकेट हात पारे । दुई टोली यो सिजन दोस्रोपटक आमने सामने भएका हुन् । यसअघि पहिलो खेलमा लखनउले हैदराबादलाई ५ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण