मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

हिमाल आरोही मिङ्गमा शेर्पा सगरमाथाको चुचुरोमा, अनेरास्ववियुको झन्डा फहराए

मङ्गलबार, ०६ जेठ २०८२, ०९ : ४२
मङ्गलबार, ०६ जेठ २०८२

काठमाडौँ ।  विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पा सगरमाथाको शिखरमा पुगेका छन् । आज बिहान उनले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । 

सो क्रममा उनले अनेरास्ववियु २४औँ राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा सगरमाथाको शिखरमा फहराएको अनेरास्विवयुका अध्यक्ष समिक बडालले जानकारी दिए । 

शेर्पाले विश्वको दोस्रो सर्वोच्च शिखर केटू छ पटक आरोहण गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप