सर्लाहीमा नक्कली नोटसहित दुई युवक पक्राउ
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो । बरामद नोटको कुल रकम २४,००० रुपैयाँ रहेको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेका छन् ।
विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक मेथुल यादवको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । अहिले उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण