भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
सारांश
- प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरियो।
- भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल भयो र सर्वसम्मतिले स्वीकृत गरियो।
- प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा स्थगित भयो, र पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरियो।
काठमाडौँ । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ ।
सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए । सांसदहरूले सैद्धान्तिक छलफलमा उठाएका विषयवस्तुबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद –९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहे पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण