भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

समाचार सारांश
- प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरियो।
- भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल भयो र सर्वसम्मतिले स्वीकृत गरियो।
- प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा स्थगित भयो, र पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरियो।
काठमाडौँ । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ ।
सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए । सांसदहरूले सैद्धान्तिक छलफलमा उठाएका विषयवस्तुबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद –९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहे पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स
-
भारतविरूद्ध सैन्य अभियानको नेतृत्व गर्ने सेना प्रमुख मुनीर फिल्ड मार्सलमा बढुवा
-
इन्सपेक्टर लिएर अनुगमनमा गएको विभागको टोली नै कुटिएपछि...