पोखरामा पिएम कप भलिबल हुने
पोखरा । नवौँ संस्करणको प्रधानमन्त्री (पिएम) कप महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ । जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालाको कभर्डहलमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, र मणिमुकुन्द क्लब बुटवल सहभागी हुनेछन् ।
यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताबारे मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण