बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते
मङ्गलबार, ०६ जेठ २०८२, ०९ : २८

काठमाडौँ । यात्रुवाहक बस र टिप्पर आज बिहान तनहुँ बन्दिपुर-४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा ठोक्किएका छन् । रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०१-००१ अ-यो ००२७ न.को टिप्पर एक आपसमा ठोक्किएका हुन् ।
सो दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । ४९ वर्षीय हरिसचन्द्र खत्रीको भने खुट्टा फ्याक्चर भएकोले थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको छ ।
दुर्घटनामा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीय बिन्दु वली, ५० वर्षीय भद्र बहादुर वली, ३५ वर्षीय शर्मिला पाण्डे, बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिपर चालक ४४ वर्षीय शङ्कर अधिकारी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता