७५३ मेगावाटको तमोर जलविद्युत आयोजना अघि बढाउन छलफल
काठमाडौँ । तमोर जलसयायुक्त बहुउद्देशीय आयोजनाका बारेमा ऊर्जा मन्त्री दीपक खड्कासहित सरोकारवालाबिच छलफल भएको छ ।
मंगलबार भएको छलफलमा ताप्लेजुङ, तेह्रथुम र धनकुटाका प्रतिनिधिसभा सदस्य, योजना आयोग, लगानी बोर्डका सिइओ, मन्त्रालयका सचिव, विद्युत् प्राधिकरणका र सम्बन्धित विभागका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आयोजनाबाट ७५३ मेगावाट विद्युत् उत्पादन हुने उक्त आयोजना पूरा हुँदा मोरगको चिसांग मार्फत झापा, मोरंग र सुनसरीमा एक लाखभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन सकिने एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार आयोजना अघि बढ्दा जल यातायात र ठुलो मात्रामा पर्यटन विकास समेत हुनेछ ।
‘यो आयोजनामा पुनर्वास न्यून रहेको छ र सडक पहुँच समेत सहज भएकाले कम लगानीमा धेरै र छिटो प्रतिफल दिने आयोजनामा पर्छ’, भट्टराईले भने आयोजनाका बारेमा विगतमा भएका कामका सन्दर्भमा समीक्षा गरेर आगामी दिनमा आयोजना नयाँ ढङ्गले कार्यान्वयन अघि बढाउने, लगानीको ढाँचा सुनिश्चित गर्ने, तीन तहको सरकार र जनस्तरबाट सामूहिक पहल गर्ने, विदेशी लगानीको सम्भावना खोजी गर्ने लगायतका विषयमा छलफल भयो ।’
उक्त आयोजना सम्पन्न गर्न २ सय अरब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रारम्भिक अध्ययनअनुसार चाइना पावर कम्पनीसँग मिलेर काम गर्ने यसअघिनै छलफल भएको थियो ।
तर,उक्त कम्पनीले अहिलेसम्म आयोजना अघि बढाउने नबढाउने कुनै जवाफ दिइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण