युरोपेली युनियनका राजदूतहरू प्राधिकरण भ्रमणमा
काठमाडौँ । नेपालका लागि युरोपेली युनियनका राजदूतहरू विशिष्ट प्रतिनिधि मण्डलले मङ्गलवार नेपाल विद्युत् प्राधिकरण भ्रमण गरी नेपाल भारत विद्युत् व्यापार र ग्रामीण विद्युतीकरणबारे जानकारी लिएका छन् ।
प्राधिकरणका स्रोतका अनुसार नेपालका लागि युरोपेली युनियनका राजदूत वेरोनिक लोरेन्जोको नेतृत्वमा भएको उक्त भ्रमणमा युरोपेली देश अस्ट्रिया देखि स्विडेन सम्मका राजदूत तथा दूतावासका उच्च पदस्थ अधिकारीहरू गरी २० जना सहभागी थिए ।
टोलीले भार सम्प्रेषण केन्द्रको कार्य अवस्था, नेपाल भारत विद्युत् व्यापार र त्यसलाई भार सम्प्रेषण केन्द्रबाट गरिएको नियन्त्रण बारे पनि राजदूतहरूले जिज्ञासा राखेका थिए ।
युरोपेली युनियनको सहयोगमा भरतपुर, पोखरा र बुटवलको त्रिकोणमा सञ्चालित ग्रामीण विद्युतीकरणबारे राजदूतहरूले विशेष चासो राखेका थिए । उनीहरुले त्यसको अवस्था, उत्पन्न प्रभाव र चुनौती बारे समेत जिज्ञासा राखेका थिए ।
राजदूतका प्रश्नहरूको जवाफ प्राधिकरणका महाप्रबन्धक हितेन्द्रदेव शाक्यले दिएका थिए । साथै उनले राजदूतहरूलाई प्राधिकरणको भार सम्प्रेषण केन्द्रका बारेमा विस्तृत जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण