जिल्ला प्रशासन कार्यालय रौतहटमा टाइमकार्ड टोकन सिस्टम लागू

समाचार सारांश
- रौतहट जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सुविधाका लागि टाइमकार्ड टोकन प्रणाली लागू गरिएको छ।
- टोकन प्रणालीले सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्नेछ, जसले गर्दा समय र पैसाको बचत हुनेछ।
- प्रणालीले बिचौलियाबाट हुने अवैध रकम असुलीको समस्यालाई समाधान गर्नेछ।
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा (टाइमकार्ड) टोकन सिस्टम लागू गरिएको छ। सिडिओ विनोद कुमार खडकाको पहलमा सेवाग्राहीको सुविधाका लागि टाइमकार्ड टोकन सिस्टम लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न कामका लागि आउने सेवाग्राहीहरूको दैनिक जसो अत्यधिक भिडभाड हुने गरेको थियो। उक्त कार्यालयबाट सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सोमबार देखि टोकन प्रणाली टाइमकार्ड लागु गरिएको सिडिओ खडकाले बताएका छन्।
विगतमा सेवाग्राहीहरू काम गराउन झ्यालमा धक्कामुकी गर्ने, अरूको पालो मिचेर काम गराउन खोज्ने परम्पराको अन्त्य गरेर आआफ्नो पालो अनुसार सहज एवं छिटो छरितो ढंगले सेवाप्रवाह गर्ने उद्देश्यले टोकन प्रणाली सिस्टमको व्यवस्थापन गरिएको सिडिओ खडकाको भनाई रहेको छ।
सिडिओ खड्काले टोकन सिस्टमको उद्घाटन गरे लगत्तै सोमवार देखी सिस्टम अनुसार नागरिकता वितरण, नागरिकताको प्रतिलिपि, राहदानी लगायत जिल्ला प्रशासन कार्यालय रौतहटबाट सेवा सुचारु भएको छ। विगतमा एउटा नागरिकता लिन कैयौँ दिनसम्म धाउनुपर्दा समय र पैसा दुवै अनावश्यक रूपमा खर्चिनु परेको सेवाग्राहीहरूले गुनासो गर्दै आएका थिए।
तर टोकन सिस्टम लागू भएपछि आआफ्नो पालो कुन दिन र कुन समय पर्ने हो निश्चित हुँदा तोकिएको झ्यालमा गएर काम गराउन पाउँदा सेवाग्राहीको समय र पैसा दुवैको बचत भइरहेको कटहरिया नगरपालिका ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।
त्यतिमात्र होइन समयमा छिटो काम गराईदिने भनेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाउँमा कैयौँ बिचौलियाले अवैध रकम असुली गर्दै आएको गुनासोसमेत सुनिएको थियो। तर टाइम कार्ड लागू भयसँगै त्यो समस्या स्वतः समाधान हुने वडा अध्यक्ष कुशवाहाले जानकारी दिएका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटको जिम्मेवारी सम्भाले देखिनै सिडिओ विनोद कुमार खड्काले सहज रूपमा सेवा प्रवाह गर्नेबारे छलफल तथा कर्मचारी लाई पटक पटक सुझाव दिँदै आएका थिए।
जिल्ला प्रशासन कार्यालय रौतहटमा हाल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने देखी विभिन्न काम विशेषले गरी दैनिक २५० देखी ३०० जना सेवाग्राही आउने गरेको सहायक सिडिओ किरणनिधि तिवारीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स