स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे
सारांश
- काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ।
- प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका हुन्।
- पाण्डेमाथि कर्मचारी आचरण उल्लंघन, मिडियामा अनधिकृत बयानबाजी, र अधिकृतलाई कार्यमा अवरोध गरेको आरोप छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार रातोपाटीसँग उनले भने, ‘यस विषयमा म केही बोल्दिनँ । बाँकी आफैँ बुझ्नुस् ।’
केही अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि छ ।
गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको महानगर स्रोतको भनाइ छ । स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको विषय उल्लेख छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध गरेको विषय समेत उल्लेख छ । उनलाई सात दिन भित्र रितपूर्वक स्पष्टीकरण पेस गर्न सूचित गरिएको स्रोतको भनाइ छ । म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण