अपडेट
गभर्नरमा रस्साकस्सी : ओली भेट्न गएनन् देउवा
सोमबार, ०५ जेठ २०८२, १९ : ३८
सारांश
- सोमबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरियो।
- प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेटवार्ताको तयारी थियो, तर देउवा बालुवाटार गएनन्।
- गभर्नर नियुक्तिको विषयमा दुई दलबीच विवाद चलिरहेको छ, जसमा डा. विश्व पौडेलको नाममा सहमति भएको बताइएको छ।
काठमाडौँ । सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, मन्त्रिपरिषद् बैठक स्थगित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता हुने तयारी थियो ।
मन्त्रिपरिषद् बैठक स्थगित गरिएपनि देउवा बालुवाटार नआएको बालुवाटार स्रोतले बतायो । शीर्ष दुई दलका नेताबिच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ ।
कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा.विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ । तर, हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन ।
समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण