मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

संघीय लोकतान्त्रिक मोर्चाको बैठक आह्वान

मङ्गलबार, ०६ जेठ २०८२, १६ : ५०
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • संघीय लोकतान्त्रिक मोर्चाको बैठक बुधबार बस्ने भएको छ। बैठक जनमत पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा बस्नेछ।
  • बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र मोर्चाको आगामी कार्यदिशाबारे छलफल हुनेछ।
  • जनमत पार्टीका प्रवक्ताका अनुसार बैठक दिउँसो १ बजे मध्यबानेश्वरस्थित पार्टी कार्यालयमा बस्नेछ।

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको बैठक आह्वान भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतको अध्यक्षतामा बस्नेगरी बुधबारका लागि बैठक आह्वान भएको हो । 

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले दिउँसो १ बजे जनमत पार्टीकै केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बैठक बस्ने तय भएको मंगलबार जानकारी दिए । 

बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छलफल हुने उनको भनाइ छ । मोर्चामा ७ दल आबद्ध रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप