फोटो
बजेटको पूर्वसन्ध्यामा ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, तस्बिरहरू
मङ्गलबार, ०६ जेठ २०८२, १५ : ००
सारांश
- काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ।
- बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले गाडी ल्याएका हुन्।
- पछिल्लो महिना वैशाखमा करिब १९ सय विद्युतीय गाडी आयात भएको र चीन तथा भारतका कम्पनीहरुको बर्चस्व रहेको छ।
काठमाडौँ । भन्सार जाँचपासका लागि काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहमा सयौँको सङ्ख्यामा विद्युतीय गाडीको लाइन लागेको छ ।
विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा आइपुगेका हुन् । यी गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।
जेठ १५ मा आउने बजेटमार्फत अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् । पछिल्लो महिना वैशाखमा मात्र करिब १९ सय विद्युतीय गाडी आयात भएको बताइएको छ । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।
बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरुले धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभीमा खासगरी चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीहरुले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण