मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
फोटो

बजेटको पूर्वसन्ध्यामा ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, तस्बिरहरू

मङ्गलबार, ०६ जेठ २०८२, १० : ३१
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ।
  • बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले गाडी ल्याएका हुन्।
  • पछिल्लो महिना वैशाखमा करिब १९ सय विद्युतीय गाडी आयात भएको र चीन तथा भारतका कम्पनीहरुको बर्चस्व रहेको छ।

काठमाडौँ । भन्सार जाँचपासका लागि काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहमा सयौँको सङ्ख्यामा विद्युतीय गाडीको लाइन लागेको छ ।

विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा आइपुगेका हुन् । यी गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।

जेठ १५ मा आउने बजेटमार्फत अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् । पछिल्लो महिना वैशाखमा मात्र करिब १९ सय विद्युतीय गाडी आयात भएको बताइएको छ । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।

बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरुले धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभीमा खासगरी चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीहरुले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।

EV at Chobhar Dry port.-918EV at Chobhar Dry port.-919EV at Chobhar Dry port.-920EV at Chobhar Dry port.-921EV at Chobhar Dry port.-922EV at Chobhar Dry port.-923EV at Chobhar Dry port.-924

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप