बजेटमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली समेट्न माग

समाचार सारांश
- सांसद सीता मिजारले सरकारी कामलाई डिजिटल बनाउन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरिन्।
- उनले यो प्रणाली १३० वटा निकायमा मात्रै लागु भएको भन्दै सबै कार्यालयमा लागु गर्न माग गरिन्।
- मिजारले यस प्रणालीमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन र भ्रष्टाचार कम गर्न सकिने बताइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता मिजारले सरकारी कामकाजलाई डिजिटल र कागजरहित बनाउनको लागि विकास गरिएको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद मिजारले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली अहिलेसम्म नेपाल सरकारका १३० वटा निकायमा मात्र लागु गरिएको भन्दै पूरै कार्यालयमा लागु गर्न माग गरिन् ।
यस प्रणालीमार्फत सरकारी निकायहरूले विद्युतीय माध्यमबाट तोक आदेश, टिप्पणी, दर्ता चलानी, हाजिरी, बिदा व्यवस्थापन, अभिलेख व्यवस्थापन, कार्यसम्पादन मूल्याङ्कन, र अन्य प्रशासनिक कार्यहरू सञ्चालन गर्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि उनले सरकारसँग आग्रह गरिन् ।
‘सेवा प्रवाहको प्रभावकारिता बढाउनुका साथै ब्याकडेटमा निर्णय भएको देखाउने, मिलेमतो गर्ने र भ्रष्टाचारजन्य गतिविधिलाई न्यूनीकरण गर्न समेत प्रभावकारी कदमको रूपमा देखिएको यो प्रणाली तीनै तहका सरकारका सबै निकायहरूमा लागु गर्ने व्यवस्था आगामी बजेटमा विशेष प्राथमिककामा राख्न म सम्माननीय सभामुख महोदय मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद मिजारले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालबिच सम्झौता
-
बागमती प्रदेश सभामा सरकारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस
-
बागमती प्रदेशसभा : समितिमा विचाराधीन ४ विधेयकका प्रतिवेदन पेस
-
पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन
-
के कारणले बिरामी भइरहेका छन् बालबालिका ?
-
सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले हार्यो नेपाल