अदालत
अदालतले पनि खोलिदियो पौडेललाई गभर्नर बन्ने बाटो
मङ्गलबार, ०६ जेठ २०८२, १७ : ०७
काठमाडौँ । सर्वोच्च अदालतले अर्थशास्त्री डा विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको छ ।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।
अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।
तर, सर्वोच्च प्रशासनले गत शुक्रबार उक्त रिट दरपिठ गरिदिएसँगै कानुनी हिसाबले समेत उनलाई गभर्नर बन्ने बाटो खुला भएको हो । राजनीतिक रूपमा यसअघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नर बनाउने सहमति भएर मन्त्रिपरिषद्ले मंगलबार नै निर्णय समेत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण