पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन
सारांश
- पर्वत जिल्लाका ६ वटा स्थानीय तहले आफ्नै भवन निर्माण गरी सेवा सञ्चालन गरिरहेका छन्।
- मोदी गाउँपालिकाले २०८० माघदेखि र पैँयूगाउँपालिकाले साउन २५ गतेदेखि आफ्नै भवनबाट सेवा सुरु गरेका हुन्।
- कुश्मा नगरपालिकाले भने बल्ल भवन निर्माण सुरु गरेको छ, जसको निर्माण करिब २० प्रतिशत पूरा भएको छ।
पर्वत । स्थानीय तह कार्यान्वनमा आएको नौ वर्षमा यहाँ ६ वटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएका छन् । महाशिला गाउँपालिकाले साविक बालाकोट गाविसको कार्यालयबाट सेवाप्रवाह गर्दै आएकोमा हालै आफ्नै भवन निर्माण सम्पन्न गरेको छ ।
स्थापनाकालदेखि भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको मोदी गाउँपालिकाले वि.सं. २०८० माघदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
यसैगरी पैँयूगाउँपालिकाले गत साउन २५ गतेदेखि आफ्नै भवनवाट सेवाप्रवाह सुरु गरेको हो । विहादी गाउँपालिकाले पनि विगत तीन वर्षदेखि आफ्नै कार्यालयबाट सेवा दिँदै आएको छ ।
जलजला गाउँपालिकाले गत जेठ १ गतेदेखि आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको हो । फलेवास नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
ग्रामीण र दुरदराजका स्थानीय तहले वडा कार्यालय र पालिका कार्यालय निर्माण गरिसक्दा सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले बल्ल भवन निर्माण सुरु गरेको हो ।
गत मङ्सिर देखि भवन निर्माण सुरु भएको हो । हालसम्म करिब २० प्रतिशत काम भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।
उनका अनुसार रु १४ करोडमा बन्ने सो भवन लिफ्टसहित साढे छ तलाको हुने छ । कुश्मा नगरपालिकाले चारवटा घर भाडामा लिएर कार्यालय र शाखा सञ्चालन गरेको छ ।
मासिक रु एक लाख ५० हजार भाडा तिर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण