अपडेट
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
मङ्गलबार, ०६ जेठ २०८२, १७ : १३

समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भयो।
- यसअघि कांग्रेस र एमालेबीच गभर्नरको विषयमा विवाद रहेको थियो।
- सहमति पश्चात, आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ र मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेललाई नै बनाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबार भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतको भनाइ छ ।
यसअघि कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने भन्नेबारे विवाद हुँदै आएको थियो ।
सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव