अपडेट
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
मङ्गलबार, ०६ जेठ २०८२, १७ : १३
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भयो।
- यसअघि कांग्रेस र एमालेबीच गभर्नरको विषयमा विवाद रहेको थियो।
- सहमति पश्चात, आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ र मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेललाई नै बनाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबार भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतको भनाइ छ ।
यसअघि कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने भन्नेबारे विवाद हुँदै आएको थियो ।
सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण