एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालबिच सम्झौता

काठमाडौँ । समावेशी र मूल्य–आधारित बैङ्किङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबिच सम्झौता भएको छ ।
मङ्गलबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता स्वरूप सम्झौता गरिएको एनएमबि बैङ्कले जनाएको छ ।
एनएमबि बैङ्कले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो ।
चार्टर्ड एकाउन्टेन्ट्सका सदस्यहरूले बैङ्कबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट,सरल कागजात प्रक्रिया,एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्ने बैङ्कले जनाएको छ । साथै, एनएमबिको प्राथमिक बैङ्किङ सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ ।
एनएमबि बैङ्कको पोर्टफोलियो विस्तार गर्ने साथै पेशागत वर्गहरूलाई पहुँचयोग्य तथा दीगो बैङ्किङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब भएको बैङ्कको भनाई छ ।
हाल एनएमबि बैङ्कले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स