प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा भेटवार्ता
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता जारी छ।
- भेटवार्तामा राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल भइरहेको स्रोतको दाबी छ।
- देउवाले यसअघि नै अर्थविद् विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा राष्ट्र बैँकको गभर्नरबारे कुराकानी भइरहेको निकटस्थ स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईँले अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता भइरहेको जानकारी दिए । ‘हिजो साँझ भेट हुने भनेकोमा प्रधानमन्त्रीको अस्वस्थताका कारण भेट हुन सकेको थिएन । अहिले भेट जारी छ,’ बजगाईँले रातोपाटीसँग भने ।
भेटवार्ता विषयसूची अनुसार नभई नियमित भएको बजगाईँले बताए । गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने व्यवस्था छ। तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण