मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

के कारणले बिरामी भइरहेका छन् बालबालिका ?

मङ्गलबार, ०६ जेठ २०८२, १९ : १५
मङ्गलबार, ०६ जेठ २०८२

काठमाडौँ । बदलिँदो जीवनशैली, पढाइको दबाब र खराब खानपानका कारण आजकल बालबालिका मानसिक र शारीरिक रोगबाट पीडित भइरहेका छन् । यदि समयमै रोगको निदान र उपचार गरियो भने, बालबालिकाले राम्रो जीवन बिताउन सक्छन् ।

वयस्कहरू मात्र होइन, बालबालिकाहरू पनि तनाव, चिन्ता, मोटोपना र धेरै स्वास्थ्य समस्याहरूको सिकार भइरहेका छन् । आजको समयमा, बच्चाहरूले स्क्रिनमा धेरै बेरसम्म बसिरहनु प्रत्येक अभिभावकको लागि चिन्ताको विषय हो ।

यसबाहेक, पढाइको तनाव र गलत दिनचर्या पनि बालबालिकामा बढ्दो मानसिक तथा शारीरिक रोगहरूको कारण बन्दै गएको छ । समयमै यसको उपचार गरिएन भने यसले बालबालिकाको स्वास्थ्य, अध्ययन र विकासमा नराम्रो असर पार्न सक्छ । 

बालबालिकामा हुन सक्ने मानसिक विकार

चिन्ता

बच्चाहरू जतिबेला पनि नर्भस रहन्छन्, हराउँछु कि वा एक्लै पर्छु कि भन्ने डर हुन्छ । आमाबाबुको दबाब, असफलताको डर, एक्लोपन, पारिवारिक विवाद, नजिकको व्यक्तिको मृत्यु वा आर्थिक समस्याका कारण यी समस्या हुन सक्छन् । बेचैनी, चिडचिडापन, अनिद्रा, मानिसहरूबाट टाढा रहनु यस रोगका लक्षणहरू हुन् । यदि समयमै उपचार गरिएन भने यसले बच्चाको पढाइ, आत्मविश्वास र सामाजिक विकासमा असर गर्छ ।

डिप्रेसन 

बच्चा सधैँ दुखी रहन्छ, कुनै पनि कुरामा रुचि राख्दैन वा आफूलाई बेकार ठान्छ भने, यो डिप्रेसन हुन सक्छ । पारिवारिक तनाव, पढाइको चिन्ता  बालबालिकामा डिप्रेसनको कारण हुन् । कम ऊर्जा, भोक नलाग्नु, मुड स्विङ हुनु, साथीभाइ वा मनपर्ने कुराहरूबाट आफूलाई टाढा राख्नु डिप्रेसनका लक्षणहरू हुन् । डिप्रेसनलाई बेवास्ता गरियो भने यसले पढाइमा एकाग्रताको कमी जस्ता समस्याहरू निम्त्याउन सक्छ । 

अटेन्शन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर 

एडीएचडी भएका बालबालिकाहरूलाई ध्यान केन्द्रित गर्न समस्या हुन्छ । उनीहरू बारम्बार कुराहरू बिर्सन्छन् र धेरै सक्रिय हुन्छन् । यसको पछाडि आनुवंशिक कारण हुन सक्छ । पढाइमा एकाग्रताको कमी, बारम्बार बिर्सनु, अत्यधिक सक्रिय हुनु यसका लक्षणहरू हुन् । यसले बच्चाको पढाइ, मित्रता र सामाजिक समन्वयमा असर गर्छ । 

बालबालिकामा देखिने सामान्य शारीरिक समस्या

मोटोपना 

खराब खानपान बानी र खेलकुदको कमीले तौल बढाउँछ ।

लक्षणः छिटो थाक्नु, राम्रोसँग हिँड्न नसक्नु, शक्ति कम हुनु । 

पछि गएर मधुमेह, रक्तचाप र हड्डी जस्ता समस्या हुन सक्छ । 

दम – सास फेर्न गाह्रो हुन्छ

कारणः धुलो, प्रदूषण, कम रोग प्रतिरोधात्मक क्षमता । 

लक्षणः खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सिट्टी बज्ने आवाज आउने ।

आँखा र ढाडको समस्या

कारणः स्क्रिन धेरै हेर्नाले आँखा र पिठ्यूमा असर गर्छ ।

लक्षणः टाउको दुख्ने, धमिलो दृष्टि, घाँटी वा ढाड दुख्ने । 

कसरी राख्ने बालबालिकाको मानसिक स्वास्थ्यको ख्याल ?

– बच्चासँग खुलेर कुरा गर्नुहोस्, उसलाई के कुराले सताइरहको छ भनेर बुझ्ने प्रयास गर्नुहोस् । 

– स्क्रिन समय घटाउनुहोस् र घरबाहिर गएर खेल्न भन्नुहोस् । 

–पढाइबारे दबाब नदिनुहोस्, बच्चालाई उसको आफ्नै इच्छा अनुसार काम गर्न दिनुहोस् । 

–यदि बच्चा रिसाएको छ, एक्लो बसिरहेको छ वा मौन रहन थाल्यो भने परामर्श लिनुहोस् । 

– बच्चासँग समय बिताउनुहोस् । साथसाथ खेल्नुहोस्, पढ्नुहोस्, रङ्ग लगाउनुहोस्, बगैँचामा फुल लगाउनुहोस्, घुम्न जानुहोस् वा उसलाई केहि नयाँ सिकाउनुहोस् । 

– बच्चालाई बोल्ने मौका दिनुहोस् ताकि उसले आफ्नो विचार व्यक्त गर्न सकोस् । 

बालबालिकाको शारीरिक स्वास्थ्यको पनि ख्याल राख्नुहोस् 

–बच्चाहरूलाई पौष्टिक खाना दिनुहोस् । प्याकेज गरिएको र प्रशोधित खानाबाट टाढा राख्नुहोस् ।

–दैनिक ३० मिनेट शारीरिक गतिविधि गराउनुहोस् । बाहिर खेल्ने पठाउनुहोस्, दौडने वा योगा गर्ने जस्ता गतिविधि गर्नुहोस् । 

– बच्चालाई हरेक दिन कम्तीमा ८ घण्टा सुत्न लगाउनुहोस् । 

– नियमित स्वास्थ्य जाँच गराउनुहोस् । 

– सरसफाइ र उचित दिनचर्या कायम राख्नुहोस् । 

बालबालिकालाई माया दिनुहोस् । उसलाई पर्याप्त समय दिनुहोस् । उसलाई बुझ्ने कोसिस पनि गर्नुहोस् । हामीले अहिले उनीहरूलाई ध्यान दियौँ भने उनीहरूको भविष्य स्वस्थ र सुखी हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप