२ खर्ब ६४ अर्बको पेट्रोलियम पदार्थ आयात
बुधबार, ०७ जेठ २०८२, १७ : ५६
सारांश
- भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ।
- सबैभन्दा धेरै पेट्रोलियम पदार्थ २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँको आयात भएको छ भने फलाम तथा फलामजन्य वस्तु दोस्रो स्थानमा रहेको छ ।
- पाम तथा प्रशोधित तेल, बोइलर मेशिन, सवारी साधन तथा पार्टपुर्जा, र प्लास्टिकजन्य सामग्रीको पनि उल्लेख्य आयात भएको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । विभागले बुधबार तथ्याङ्क प्रकाशित गर्दै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको जनाएको छ ।
विभागका अनुसार वैशाख मसान्तसम्ममा २ खर्ब ६४ अर्ब ८४ करोड बराबरकाे पेट्रोलियम पदार्थ आयात भएको छ । यसैगरी दोस्रोमा फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यो अवधिमा १ खर्ब ३७ अर्ब ९२ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको हो ।
यसैगरी तेस्रोमा पाम तथा प्रशोधित तेल १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ । चौथोमा बोइलर मेशिन १ खर्ब रुपैयाँ बराबरको, सवारी साधन तथा पार्टपुर्जा ८२ अर्ब २४ करोड रुपैयाँको, प्लास्टिक तथा प्लास्टिक जन्य सामग्री ५४ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण