२ खर्ब ६४ अर्बको पेट्रोलियम पदार्थ आयात
बुधबार, ०७ जेठ २०८२, १७ : ५६

समाचार सारांश
- भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ।
- सबैभन्दा धेरै पेट्रोलियम पदार्थ २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँको आयात भएको छ भने फलाम तथा फलामजन्य वस्तु दोस्रो स्थानमा रहेको छ ।
- पाम तथा प्रशोधित तेल, बोइलर मेशिन, सवारी साधन तथा पार्टपुर्जा, र प्लास्टिकजन्य सामग्रीको पनि उल्लेख्य आयात भएको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । विभागले बुधबार तथ्याङ्क प्रकाशित गर्दै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको जनाएको छ ।
विभागका अनुसार वैशाख मसान्तसम्ममा २ खर्ब ६४ अर्ब ८४ करोड बराबरकाे पेट्रोलियम पदार्थ आयात भएको छ । यसैगरी दोस्रोमा फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यो अवधिमा १ खर्ब ३७ अर्ब ९२ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात भएको हो ।
यसैगरी तेस्रोमा पाम तथा प्रशोधित तेल १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँको आयात भएको छ । चौथोमा बोइलर मेशिन १ खर्ब रुपैयाँ बराबरको, सवारी साधन तथा पार्टपुर्जा ८२ अर्ब २४ करोड रुपैयाँको, प्लास्टिक तथा प्लास्टिक जन्य सामग्री ५४ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–दक्षिण एसिया प्रदर्शनीमा नेपालीहरूको उल्लेख्य सहभागिता
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति