१० बजे १० समाचार : अध्यागमनमा अख्तियारको छापादेखि रास्वपालाई राजावादीको पत्रसम्म
_AydvLxlf4E.jpg)
आज २०८२ जेठ ७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- स्वास्थ्यमा बेथिति
कोशी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा ७ वटा जिल्ला अस्पताल र संघीय सरकारमातहत रहेको कोशी अस्पतालका लागि भनेर ८ थान क्षयरोग परीक्षण गर्ने डीएनए एक्स्ट्रयाक्सन मेसिन खरिद गर्यो । कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले प्रतिइकाई ३८ लाख ६४ हजार ६ सय रुपैयाँका दरले ती मेसिन खरिद गरेको थियो ।
- ईभीको आयात बढ्यो
आगामी आर्थिक वर्षको बजेट आउने तयारी भइरहँदा विद्युतीय सवारी (ईभी)को आयात बढेको छ । रसुवा र तातोपानी नाका हुँदै भित्रिने ईभी त्यहाँका सुक्खा बन्दरगाहमा नअटाएपछि चोभारसम्म ल्याइएको छ ।
- विस्थापित
बिहान–बेलुकाको छाक टार्न मुस्किल, बालबच्चालाई पढाउन धौधौ, उपचार खर्च त परै जाओस्, सामान्य औषधिको समेत अभाव । यी पीडा र समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका कञ्चनपुरका सयौँ परिवारको हो ।
- रकमान्तर
चालु आर्थिक वर्षको अन्तिम चौमासिक लागेसँगै कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा रकमान्तरका सयौँ फाइल पुगेका छन् । सरकारकै अन्य मन्त्रालयबाट दैनिक सयौँ फाइल अर्थ मन्त्रालयमा आउने गरेको मन्त्रालय स्रोतले बतायो ।
- कांग्रेसको अड्को
‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि प्रतिनिधि सभामा मंगलबार भएको सैद्धान्तिक छलफलमा नेपाली कांग्रेसले अघोषित विरोध जनाएको छ । प्रतिनिधि सभाको सबैभन्दा ठुलो एवं सत्ता साझेदार दल कांग्रेसले सैद्धान्तिक छलफलमै अघोषित विरोध जनाएको हो ।
- विद्यालय शिक्षा विधेयक
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । ४५ दिनको समय लगाएर उपसमितिले तयार पारेको प्रतिवेदनमाथि समितिमा औपचारिक छलफल सुरु भएको हो ।
- छाडिए सहसचिव
बिहीबार बिहान उपस्थित हुनेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई छाडेको छ । मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको थियो ।
- राजावादीकाे प्रस्ताव
वर्तमान व्यवस्था विरोधी समूह ’संयुक्त जनआन्दोलन समिति’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आन्दोलनमा सहकार्यका लागि औपचारिक प्रस्ताव अघि सारेको छ। समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै जेठ ६ गते पत्र पठाएका हुन्।
- लेखा समिति
सार्वजनिक लेखा समितिका सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइकाओले ‘फोरडी क्याटोगोरी’को भनेको र एयर थाईले परीक्षण उडान समेत गरेको उल्लेख गर्दै उपसमितिको प्रतिवेदनले फोरडीमै प्रश्न उठाएको बताएका छन् ।
- भाजपाका नेता जोली
नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय जोलीले हिन्दु राष्ट्रका लागि नेपाली जनतामा गहिरो भावना रहेको बताएका छन् । बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता जोलीले सो कुरा बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
बाग्लुङमा रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
म्यान्चेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले जित्यो युरोपा लिग
-
‘इनिस्पेक्टर’हुँ भन्दै ठग्ने र स्कुटर चोर्ने गिरोहसहित आठ जना पक्राउ
-
मेची भन्सारबाट दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन