विमानस्थल अध्यागमन कार्यालयका प्रमुख भट्टराईलाई मन्त्रालय तानियो

समाचार सारांश
- गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई ७ महिनामै हटाएका छन्।
- भट्टराईलाई मन्त्रालयमा तानेर विष्णु प्रसाद कोइरालालाई नयाँ प्रमुखको रूपमा पठाइयो।
- भिजिट भिसा प्रकरण र अन्य समस्याका कारण भट्टराईलाई हटाइएको चर्चा छ, तर मन्त्रालयले अवधि पूरा भएको जनाएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई गृहमन्त्री रमेश लेखकले ७ महिनामै जिम्मेवारीबाट हटाएका छन् ।
गत असोज २१ मन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै त्यहाँ पठाएका भट्टराईलाई मंगलबार साँझ तानिएको हो ।
गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले भट्टराईलाई मन्त्रालयमा तानिएको पुष्टि गरे । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुखलाई मन्त्रालयमा बोलाएका अर्का सहसचिवलाई त्यहाँ पठाउने निर्णय भएको छ,’ महाशाखा प्रमुख रिजालले रातोपाटीसँग भने । ७ महिनामै किन तानिएको हो भन्ने प्रश्नमा रिजालले भने, ‘विभिन्न समस्या झेल्नु पर्ने कार्यालय हो । धेरै सहसचिवहरू त्यहाँ ६ महिनाभन्दा बढी बस्न चाहनुहुन्न । उहाँ त करिब ८ महिना बस्नुभयो । अरू समस्या केही होइन ।’
भिजिट भिसा प्रकरणमाले तानिएको भन्ने चर्चा छ नि भन्ने रातोपाटीको प्रश्न रिजालले अस्वीकार गरे ।
तर, निकटस्थ स्रोतले भने भिजिट भिसामा गडबडी गरेको गुनासो मन्त्री लेखक, सचिव गोकर्णमणि दुवाडीसम्म पटक पटक पुगेपछि भट्टराईसहित त्यहाँ कार्यरत ८ सुब्बालाई मन्त्री लेखकको निर्देशनमा मन्त्रालय तानिएको जानकारी दियो ।
महाशाखा प्रमुख रिजालले अध्यागमन कार्यालयका ८ सुब्बालाई मन्त्रालय तानिएको पुष्टि गरे । उनको कारण के हो भन्दा अवधि पुगेकाले भन्ने जवाफ दिए ।
भट्टराईको स्थानमा अहिले पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थल भ्रष्ट्राचार प्रकरण : अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
-
अस्तिको पाँच लाख रुपैयाँ खोई भन्दै प्रहरीले तस्करसँग पैसा असुल्छ : पूर्वमुख्यमन्त्री केदार कार्की
-
सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति मोर्चाको असहमति
-
राजावादी समूहद्वारा संयुक्त जनआन्दोलनमा सहकार्यका लागि रास्वपासँग प्रस्ताव (पत्रसहित)
-
२ खर्ब ६४ अर्बको पेट्रोलियम पदार्थ आयात
-
चलचित्र जन्ते बाख्रोको नयाँ गीत ‘मुकु मुकु म्या’ सार्वजनिक