विमानस्थल अध्यागमन कार्यालयका प्रमुख भट्टराईलाई मन्त्रालय तानियो
सारांश
- गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई ७ महिनामै हटाएका छन्।
- भट्टराईलाई मन्त्रालयमा तानेर विष्णु प्रसाद कोइरालालाई नयाँ प्रमुखको रूपमा पठाइयो।
- भिजिट भिसा प्रकरण र अन्य समस्याका कारण भट्टराईलाई हटाइएको चर्चा छ, तर मन्त्रालयले अवधि पूरा भएको जनाएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई गृहमन्त्री रमेश लेखकले ७ महिनामै जिम्मेवारीबाट हटाएका छन् ।
गत असोज २१ मन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै त्यहाँ पठाएका भट्टराईलाई मंगलबार साँझ तानिएको हो ।
गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले भट्टराईलाई मन्त्रालयमा तानिएको पुष्टि गरे । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुखलाई मन्त्रालयमा बोलाएका अर्का सहसचिवलाई त्यहाँ पठाउने निर्णय भएको छ,’ महाशाखा प्रमुख रिजालले रातोपाटीसँग भने । ७ महिनामै किन तानिएको हो भन्ने प्रश्नमा रिजालले भने, ‘विभिन्न समस्या झेल्नु पर्ने कार्यालय हो । धेरै सहसचिवहरू त्यहाँ ६ महिनाभन्दा बढी बस्न चाहनुहुन्न । उहाँ त करिब ८ महिना बस्नुभयो । अरू समस्या केही होइन ।’
भिजिट भिसा प्रकरणमाले तानिएको भन्ने चर्चा छ नि भन्ने रातोपाटीको प्रश्न रिजालले अस्वीकार गरे ।
तर, निकटस्थ स्रोतले भने भिजिट भिसामा गडबडी गरेको गुनासो मन्त्री लेखक, सचिव गोकर्णमणि दुवाडीसम्म पटक पटक पुगेपछि भट्टराईसहित त्यहाँ कार्यरत ८ सुब्बालाई मन्त्री लेखकको निर्देशनमा मन्त्रालय तानिएको जानकारी दियो ।
महाशाखा प्रमुख रिजालले अध्यागमन कार्यालयका ८ सुब्बालाई मन्त्रालय तानिएको पुष्टि गरे । उनको कारण के हो भन्दा अवधि पुगेकाले भन्ने जवाफ दिए ।
भट्टराईको स्थानमा अहिले पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइराला पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण