प्रेम आलेको प्रश्न : वनमन्त्री भएर प्लेन उडाउन दिने त ?
सारांश
- सार्वजनिक लेखा समितिका सदस्यहरू पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको आरोप प्रत्यारोपमा उत्रिए।
- समितिको बैठकमा छानबिनको क्रममा एक ठेकेदारले हप्कीदप्की दिएको भन्दै विज्ञप्ति निकाल्नुपर्ने कुरा उठेको छ।
- पूर्वमन्त्रीहरूबीच इआइए र ट्याक्स छुटका विषयमा आरोप-प्रत्यारोप चलिरहेको छ।
काठमाडौँ । सार्वजनिक लेखा समितिका सदस्यहरूबिच पोखरा विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे एकअर्कामा आरोप प्रत्यारोपमा उत्रेका छन् ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा पोखरा विमानस्थल अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै समितिले गरेको छानबिनमा एउटा ठेकेदारले हप्कीदप्की र चेतावनी दिएकोमा भर्त्सना गर्दै लेखा समितिले विज्ञप्ति नै निकाल्नुपर्ने बताए ।
पुर्वमन्त्री समेत रहेका आलेले आफू वनमन्त्री भएका बेला पूर्वमन्त्री योगेश भट्टराईले विमानस्थलबारे इआइए गरेको भन्ने भनाइप्रति आपत्ति जनाए । उनले भने, ‘एयरपोर्ट कम्प्लिट हुने अवस्थामा थियो । त्यो बेलाका संस्कृति तथा पर्यटनमन्त्री भानुभक्त ढकालले पटक पटक मेरो मन्त्रलालमा आएर ल प्रेम भाइ छिटो गर्दिनुपर्यो इआईए भन्नुभयो ।’ उनले आफ्नो पार्टीले आफूलाई त्यसवेला ६ महिना तोकेर मन्त्री दिएको भन्दै रातदिन गरेर एयरपोर्टमात्र नभएर अन्यको इआइए गर्दिएको बताए । ‘अव म वनमन्त्री भएपछि इआईए नगरेर के प्लेन उडाउने अनुमति दिउँला त ? त्यो त दिनैपर्यो नि !’ आलेको भनाइ छ । उनले त्यसवापत आफू कठघरामा उभिन तयार रहेको बताए । यसअघि पूर्वमन्त्री भट्टराईले आलेले ईआइए दिएको बताएका थिए ।
त्यस्तै उनले रिठ्ठेपानी डाँडा कटानको विषयमा डीजीले छिटोभन्दा छिटो विमानस्थल चलाउनुपर्ने भन्दै ठेक्का प्रक्रिया अघि बढाउन भनेकाले आफूले प्रक्रिया अघि बढाएको बताए । उनले २ अर्ब २२ करोड ट्याक्स छुट दिएको बताउँदै भट्टराई भएकै बेला त्यो निर्णय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण