भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा नराखेकोप्रति माओवादीको आपत्ति

समाचार सारांश
- माओवादी केन्द्रले भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा सांसद नराखिएकोमा आपत्ति जनाएको छ।
- सांसद लेखनाथ दाहालले लेखा समितिको सभापति विपक्षी दलको हुनुपर्ने व्यवस्थाको उपेक्षा भएकोमा असन्तुष्टि जनाए।
- पोखरा विमानस्थलको लागत वृद्धि र चिनियाँ ठेकेदारको विज्ञप्तिबारे पनि छलफल भएको थियो।
काठमाडौँ । माओवादी केन्द्रले सार्वजनिक लेखा समिति अन्तर्गत भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीका सांसदहरू नराखेको भन्दै आपत्ति जनाएको छ ।
लेखा समितिको बुधबार बसेको बैठकमा सांसद लेखनाथ दाहालले उपसमितिमा माओवादी सांसद नसमेटिएको भन्दै आपत्ति जनाएका हुन् । साथै उनले सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलको हुने व्यवस्था समेत उपेक्षा गरिएकोमा असन्तुष्टि व्यक्त गरे ।
‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध सदस्यहरूलाई सहभागी नगराई बनाएकोमा गम्भीर आपत्ति छ’, दाहालको भनाइ छ ।
पोखरा विमानस्थलबारे उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा उनले आठ अर्ब रुपैयाँ लागत बढाएको सबैले बुझेको भन्दै त्यो रकम बढाउनुको स्पष्ट कारण नभेटिएकाले प्रतिवेदनले औँल्याएका दोषीमाथि कारबाही गर्न ढिला गर्नु नहुने बताए ।
रास्वपा सांसद मनिष झाले चिनियाँ ठेकेदार कम्पनीले विमानस्थलबारे निकालेको विज्ञप्तिलाई हल्का रूपमा लिन नहुने भन्दै आधिकारिक धारणा माग्नुपर्ने बताए । ‘विज्ञप्तिमा प्रयोग भएको भाषा चुनौतीपूर्ण छ । यो छाप्ने सम्पादकलाई पनि स्पष्टीकरण सोध्नुपर्छ’, झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव भट्टराईको मोबाइल जफत, फरेन्सिक ल्याबमा पठाइँदै
-
बाफियाका प्रावधानमा विज्ञ र बैंकर्सबिच दुई धार
-
३ दिनअघि अख्तियारमा परेको उजुरी, ‘दैनिक ४० लाख असुल्छन्’
-
अध्यागमनसहित थप ३ ठाउँमा अख्तियारको छापा
-
बनेपामा अवैध गहना निर्माण र बिक्रीमा संलग्न ५ जना पक्राउ
-
पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला