भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा नराखेकोप्रति माओवादीको आपत्ति
सारांश
- माओवादी केन्द्रले भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा सांसद नराखिएकोमा आपत्ति जनाएको छ।
- सांसद लेखनाथ दाहालले लेखा समितिको सभापति विपक्षी दलको हुनुपर्ने व्यवस्थाको उपेक्षा भएकोमा असन्तुष्टि जनाए।
- पोखरा विमानस्थलको लागत वृद्धि र चिनियाँ ठेकेदारको विज्ञप्तिबारे पनि छलफल भएको थियो।
काठमाडौँ । माओवादी केन्द्रले सार्वजनिक लेखा समिति अन्तर्गत भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीका सांसदहरू नराखेको भन्दै आपत्ति जनाएको छ ।
लेखा समितिको बुधबार बसेको बैठकमा सांसद लेखनाथ दाहालले उपसमितिमा माओवादी सांसद नसमेटिएको भन्दै आपत्ति जनाएका हुन् । साथै उनले सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलको हुने व्यवस्था समेत उपेक्षा गरिएकोमा असन्तुष्टि व्यक्त गरे ।
‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध सदस्यहरूलाई सहभागी नगराई बनाएकोमा गम्भीर आपत्ति छ’, दाहालको भनाइ छ ।
पोखरा विमानस्थलबारे उपसमितिको प्रतिवेदनमाथि छलफलका क्रममा उनले आठ अर्ब रुपैयाँ लागत बढाएको सबैले बुझेको भन्दै त्यो रकम बढाउनुको स्पष्ट कारण नभेटिएकाले प्रतिवेदनले औँल्याएका दोषीमाथि कारबाही गर्न ढिला गर्नु नहुने बताए ।
रास्वपा सांसद मनिष झाले चिनियाँ ठेकेदार कम्पनीले विमानस्थलबारे निकालेको विज्ञप्तिलाई हल्का रूपमा लिन नहुने भन्दै आधिकारिक धारणा माग्नुपर्ने बताए । ‘विज्ञप्तिमा प्रयोग भएको भाषा चुनौतीपूर्ण छ । यो छाप्ने सम्पादकलाई पनि स्पष्टीकरण सोध्नुपर्छ’, झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण