‘पोखरा विमानस्थलमा प्रथम दृष्टिमै भ्रष्टाचार’
सारांश
- अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सुरुदेखि नै भ्रष्टाचार भएको आरोप लगाए।
- सांसद केसीले लेखा समितिको प्रतिवेदनमाथि छलफल गर्दै ठेक्का प्रक्रियाबाटै भ्रष्टाचार सुरु भएको बताए।
- उनले १४५ मिलियन डलरको लागत अनुमान हुँदाहुँदै ३०५ मिलियन डलरको ठेक्का स्वीकृत हुनुको कारण सोधे।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सुरुबाटै भ्रष्टाचार भएको दाबी गरेका छन् ।
बुधबार सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै केसीले विमानस्थल ठेक्का प्रकरणबाटै भ्रष्टाचार सुरु भएको बताए ।
प्रतिवेदनमाथि टिप्पणी गर्दै केसीले भने,‘यसमा कुनै पूर्वाग्रह राखिएको छैन, राख्ने उद्देश्य पनि छैन । तर सुरुदेखिको संलग्नता र प्रारम्भिक तहबाटै गलत काम सुरु भएको ।’
उनले उड्डयन प्राधिकरणले १४५ मिलियन डलरमा विमानस्थल निर्माणको सम्झौता गरेको भन्दै त्यो भन्दा अघि जाइकाको एउटा रिपोर्टमा पोखराविमानस्थलबारे २ चरणमा ४० र ४५ मिलियन डलर पुरै एयरपोर्ट बनाउन सकिने उल्लेख गरेको बताए । तर त्यो किन स्वीकार नगरिएकोतर्फ नखोजिएको बताए । त्यसपछि प्राधिकरणले १४५ मिलियन डलरको स्टमेटलगत निकालेको केसीको भनाइ छ ।
‘ जब सरकारको १४५ मिलियन डलर लगत स्टमेट छ, अनि ३०५ को टेण्डर किन स्वीकृत गर्नुपर्यो ?’, केसीले प्रश्न गर्दै भने, ‘रिटेण्डर किन गर्न सकेन ? त्यसकारण जहाँबाट यो सुरु भयो त्यहीबाट भ्रष्टाचार सुरु भयो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण