बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

‘पोखरा विमानस्थलमा प्रथम दृष्टिमै भ्रष्टाचार’

बुधबार, ०७ जेठ २०८२, १५ : ३१
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सुरुदेखि नै भ्रष्टाचार भएको आरोप लगाए।
  • सांसद केसीले लेखा समितिको प्रतिवेदनमाथि छलफल गर्दै ठेक्का प्रक्रियाबाटै भ्रष्टाचार सुरु भएको बताए।
  • उनले १४५ मिलियन डलरको लागत अनुमान हुँदाहुँदै ३०५ मिलियन डलरको ठेक्का स्वीकृत हुनुको कारण सोधे।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सुरुबाटै भ्रष्टाचार भएको दाबी गरेका छन् ।

बुधबार सार्वजनिक लेखा समिति अन्तर्गत गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै केसीले विमानस्थल ठेक्का प्रकरणबाटै भ्रष्टाचार सुरु भएको बताए ।

प्रतिवेदनमाथि टिप्पणी गर्दै केसीले भने,‘यसमा कुनै पूर्वाग्रह राखिएको छैन, राख्ने उद्देश्य पनि छैन । तर सुरुदेखिको संलग्नता र प्रारम्भिक तहबाटै गलत काम सुरु भएको  ।’

उनले उड्डयन प्राधिकरणले १४५ मिलियन डलरमा विमानस्थल निर्माणको सम्झौता गरेको भन्दै त्यो भन्दा अघि जाइकाको एउटा रिपोर्टमा पोखराविमानस्थलबारे २ चरणमा ४० र ४५ मिलियन डलर पुरै एयरपोर्ट बनाउन सकिने उल्लेख गरेको बताए । तर त्यो किन स्वीकार नगरिएकोतर्फ नखोजिएको बताए । त्यसपछि प्राधिकरणले १४५ मिलियन डलरको स्टमेटलगत निकालेको केसीको भनाइ छ ।

‘ जब सरकारको १४५ मिलियन डलर लगत स्टमेट छ, अनि ३०५ को टेण्डर किन स्वीकृत गर्नुपर्‍यो ?’, केसीले प्रश्न गर्दै भने, ‘रिटेण्डर किन गर्न सकेन ? त्यसकारण जहाँबाट यो सुरु भयो त्यहीबाट भ्रष्टाचार सुरु भयो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप