राजावादी समूहद्वारा संयुक्त जनआन्दोलनमा सहकार्यका लागि रास्वपासँग प्रस्ताव (पत्रसहित)
सारांश
- संयुक्त जनआन्दोलन समितिले रास्वपासँग आन्दोलनमा सहकार्यको प्रस्ताव गरेको छ। समितिले जेठ १५ गतेदेखि देशव्यापी जनआन्दोलन गर्ने जनाएको छ।
- समितिका अनुसार, वर्तमान राजनीतिक व्यवस्थाले सुशासन र समृद्धिको चाहना पूरा गर्न सकेको छैन र राष्ट्रिय पहिचानको रक्षा गर्न पनि चुकेको छ।
- समितिले रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिलाई आधार बनाउँदै सहकार्यको सम्भावना औंल्याएको छ र राजसंस्था पुनस्र्थापनाको लक्ष्य राखेको छ।
काठमाडौं । वर्तमान व्यवस्था विरोधी समूह ’संयुक्त जनआन्दोलन समिति’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आन्दोलनमा सहकार्यका लागि औपचारिक प्रस्ताव अघि सारेको छ। समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै जेठ ६ गते पत्र पठाएका हुन्।
पत्रमा समितिले जेठ १५ गतेदेखि देशव्यापी जनआन्दोलन सुरु गर्न लागेको उल्लेख गर्दै, हालको राजनीतिक व्यवस्थाले जनताको सुशासन र समृद्धिको चाहना पुरा गर्न नसक्ने उल्लेख छ । यस्तै राष्ट्रिय पहिचान, धर्म र संस्कृतिको रक्षा गर्न पनि नसकेको तर्क गरिएको छ।
संयुक्त जनआन्दोलन समितिले रास्वपा सभापति रवि लामिछानेले हालैको अभिव्यक्तिमा न्यायपालिकाप्रति आशंका व्यक्त गरेकाले रास्वपाको पनि वर्तमान व्यवस्थाप्रति असन्तुष्टि रहेको निष्कर्ष निकालेको छ। सोही आधारमा समितिले सहकार्यका लागि साझा समझदारीको सम्भावना रहेको पत्रमा विश्वास व्यक्त गरेको छ।
“यो चरम दलियकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापना गर्न हामी संयुक्त रूपमा अघि बढ्न चाहन्छौं,” संयोजक सुवेदीद्वारा पठाइएको पत्रमा उल्लेख छ।
संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्य र बहुदलीय लोकतन्त्रलाई पुनस्र्थापनाको लक्ष्यसहित जेठ १५ देखि देशभर आन्दोलन सुरु गर्ने तयारी गरिरहेको छ। यस क्रममा विभिन्न दल र समूहहरूसँग सहकार्यको पहल जारी राखिएको समितिको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण