कर्णालीका सबै स्थानीय तहको सेवा ठप्प पार्ने कर्मचारीको घोषणा
सारांश
- कर्णाली प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनको विरोध गर्दै स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्, जसले गर्दा सेवाहरू ठप्प हुने भएका छन्।
- कर्मचारीहरूले बिहीबारदेखि कर्णालीका ७९ वटै स्थानीय तहमा सेवा ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्, मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने योजना छ।
- स्थानीय सेवा कर्मचारी सञ्जालले ऐनका केही दफा र उपदफाहरू विभेदकारी भएको र संशोधनको माग गर्दै आएको छ, तर सरकारले चासो नदेखाएको आरोप छ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनको विषयलाई लिएर स्थानीय तहका कर्मचारीहरु पुनः आन्दोलित भएका छन् । उनीहरुले बिहीबारदेखि कर्णालीका ७९ वटै स्थानीय तहमा सेवा ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
आन्दोलनको कार्यतालिका अनुसार बिहीबार बिहान १० बजे वीरेन्द्रनगरस्थित कालिन्चोकमा भेला हुने र ११ बजेदेखि तीन बजेसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने छन् ।
यदि माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर चल्ने स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश संयोजक विक्रम शाहीले जानकारी दिए । साथै सञ्जालले स्थानीय तहका प्रमुख, उपप्रमुखदेखि कर्मचारी प्रशासनलाई समेत सहयोग गरिदिन पत्राचार गरेको छ ।
कर्णाली सरकारले ०८१ असाजे २९ गते स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन जारी गरेको थियो । उक्त ऐनका कतिपय दफा, उपदफाहरु विभेदकारी भएको भन्दै त्यो वेलादेखिनै आन्दोलन सुरु भयो ।
त्यसपछि सरकारले संशोधन गर्ने निर्णय गर्यो । गत चैत्र १२ गते संशोधनसहितको विधेयक पुनः प्रदेश सभामा दर्ता गरेको थियो । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद्ले सभामा दर्ता भएको विधेयक फिर्ता लियो भने जेठ दुई गते पुनः सभामा दर्ता गराएको छ ।
उक्त संशोधित विधेयकमा पनि तृतीय तह (मुखिया), चौथो तह, पाँचौ तह, छैठौँ तह लगायत कुनै पनि कमृचारकिा माग सम्बोधन नभएको संयोजक शाही बताउँछन् ।
सरकारले ऐन संशोधन नगर्ने मनशायले अघि बढेको आरोप स्थानीय तहका कर्मचारीको छ ।
- यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
-
सरकारले ल्यायो नयाँ विज्ञापन नीति (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण