तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
काठमाडौँ । पूर्वी नेपालको इलाममा रहेको अन्तुडाँडा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै आएको छ । देश विदेशबाट पर्यटक पुग्ने भएकोले यहाँको व्यापार व्यवसाय फस्टाउने क्रममा छ । यहाँ ससाना कटेज र होमस्टे पनि पर्याप्त रूपमा सञ्चालनमा छन् ।
एक छिनमा तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । अन्तुडाँडा सूर्योदय र सर्यास्तको दृश्यावलोकनको लागि प्रसिद्ध छ।
कञ्चनजङ्घा लगायतका हिमालको दृश्यावलोकन, अन्तु पोखरीको सुन्दरता, भारतको सिलिगुडी, खर्साङ, मिरिक र तराईका फाँटहरूको यहाँबाट दृश्यावलोकन गर्न सकिन्छ।
सौहार्द, आत्मीय र सहयोगी यहाँका बासिन्दाहरू र उनीहरूको परम्परा र संस्कृति, ग्रामीण खानपान र आफ्नै मौलिक जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सकिने भएकोले अन्तु पर्यटकको रोजाइमा पर्दै आएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_XHSHZBMuZ2.jpg)
_CrAkImP3WG.jpg)
_iwv1ZkZjit.jpg)
_UK6iT19N0m.jpg)
_IUS0nEm0TU.jpg)
_kWLkt17jEF.jpg)
_KslWShBuN9.jpg)
_xikMtUfkix.jpg)
_R3o6AOC4aB.jpg)
_rMDqDiMMmS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण