बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेशसभा सचिवालय हेटौँडामा बिहान ११ बजे प्रदेशसभा बैठक बस्नेछ ।
सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न बैठक बस्ने भएको हो । बुधबारबाट सुरु भएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आज बिहीबारको बैठकमा पनि निरन्तरता पाउनेछ ।
बैठकमा सरकारको आगामी बजेट कार्यक्रम र नीतिका विषयमा सांसदहरूले धारणा राख्नेछन् । बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफल सकेर आज नै टुङ्ग्याउने तयारी रहेको छ । बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सांसदहरूले उठाएको प्रश्न माथि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले जवाफ दिनेछन् । उनको जवाफ पश्चात् विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई टुङ्ग्याउने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
उनका अनुसार बिहीबारको बैठकमा प्रदेशसभामा पेस भएको चलचित्र सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा टेबुल गर्ने कार्यसूची रहेको छ । बैठकमा संसदीय समितिमा विचाराधीन ४ विधेयक माथि पनि छलफल गर्ने कार्यसूची रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?