१४ सदस्यीय जुडो टोली बंगलादेश प्रस्थान

काठमाडौँ । बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
मे २५ देखि २६ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सात पुरुष र पाँच महिला गरी १२ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान खत्रीले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी महिलातर्फ ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली, ५७ केजीमुनि पेमा याङजी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
सहभागी १२ खेलाडीमध्ये समिता, निशा, विनिता, पेमा र सविनसहित पाँचजना बन्दी सहायता नियोग (पाम) का हुन् । प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् ।
राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जिबी नभेटेर रवि पक्रेको ?’ भन्ने न्यायाधीशको प्रश्नमा सरकारी वकिलको जवाफ - ‘इट्स टेक टाइम नि श्रीमान्’
-
नागार्जुनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने
-
बैंकर्स सङ्घका पदाधिकारी नवनियुक्त गभर्नरबिच भेटवार्ता
-
इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्दै
-
धितोपत्र बोर्डका पदाधिकारीसँग अख्तियारले लियो बयान
-
होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड