बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

वडाध्यक्ष कप फुटबलको तेस्रो संस्करणमा १६ टोली

बिहीबार, ०८ जेठ २०८२, १४ : ०५
बिहीबार, ०८ जेठ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को आयोजनामा तेस्रो वडाध्यक्ष कप सेभन ए साइड अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ १५ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा १६ छात्र टोलीको सहभागिता रहने जानकारी आयोजक वडाका वडाध्यक्ष विमलकुमार होडाले दिए ।

चावहिल स्पोटर्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यसैगरी, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । एनआईसी एकेडेमी प्रतियोगिताको साविक विजेता हो । 

पहिलो संस्करणमा नोब्स च्याम्पियन बनेको थियो । प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाखरुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । जेठ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेहलरु चवहिलमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप