वडाध्यक्ष कप फुटबलको तेस्रो संस्करणमा १६ टोली
बिहीबार, ०८ जेठ २०८२, १४ : ०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को आयोजनामा तेस्रो वडाध्यक्ष कप सेभन ए साइड अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ १५ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा १६ छात्र टोलीको सहभागिता रहने जानकारी आयोजक वडाका वडाध्यक्ष विमलकुमार होडाले दिए ।
चावहिल स्पोटर्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यसैगरी, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । एनआईसी एकेडेमी प्रतियोगिताको साविक विजेता हो ।
पहिलो संस्करणमा नोब्स च्याम्पियन बनेको थियो । प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाखरुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । जेठ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेहलरु चवहिलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण