नागार्जुनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने
काठमाडौँ । नागार्जुन नगरपालिका वडा नम्बर २ त्रिवेणी चोक रानीवनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । शुक्रबार उद्घाटन हुने उक्त प्रतियोगिता रानीवन भलिबल समूहको आयोजनामा हुन लागेको हो।
उक्त प्रतियोगिता भोलि जेठ ९ गतेदेखि १० गतेसम्म सञ्चालन हुने अध्यक्ष सुजन पोखरेलले जानकारी दिए । उक्त प्रतियोगिता प्रत्येक दिन बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ। खेलकुदको माध्यमबाट युवाहरूमा ऊर्जा, एकता र सकारात्मक सोच विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख १ हजार, दोस्रो हुने टिमले रु ५१ हजार र तेस्रो हुने टिमले रु २६ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै ट्रफी, मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको खेल सम्योजक मुकेश सेन्चुरीले जानकारी दिए । प्रवेश शुल्क रु ८ हजार निर्धारण गरिएको छ भने एक टिममा ९ जना खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक अनिवार्य हुने जनाइएको छ।
खेलहरू राष्ट्रिय रेफ्रीको सुपरिवेक्षणमा सञ्चालन हुनेछन् । प्रतियोगितामा स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, उत्कृष्ट प्रशिक्षक लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिता निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गरिनेछ। समापन कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुको उपस्थिति रहने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण