नागार्जुनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

काठमाडौँ । नागार्जुन नगरपालिका वडा नम्बर २ त्रिवेणी चोक रानीवनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । शुक्रबार उद्घाटन हुने उक्त प्रतियोगिता रानीवन भलिबल समूहको आयोजनामा हुन लागेको हो।
उक्त प्रतियोगिता भोलि जेठ ९ गतेदेखि १० गतेसम्म सञ्चालन हुने अध्यक्ष सुजन पोखरेलले जानकारी दिए । उक्त प्रतियोगिता प्रत्येक दिन बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ। खेलकुदको माध्यमबाट युवाहरूमा ऊर्जा, एकता र सकारात्मक सोच विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख १ हजार, दोस्रो हुने टिमले रु ५१ हजार र तेस्रो हुने टिमले रु २६ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै ट्रफी, मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको खेल सम्योजक मुकेश सेन्चुरीले जानकारी दिए । प्रवेश शुल्क रु ८ हजार निर्धारण गरिएको छ भने एक टिममा ९ जना खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक अनिवार्य हुने जनाइएको छ।
खेलहरू राष्ट्रिय रेफ्रीको सुपरिवेक्षणमा सञ्चालन हुनेछन् । प्रतियोगितामा स्पाइकर, ब्लकर, डिफेन्डर, सेटर, उत्कृष्ट प्रशिक्षक लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिता निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गरिनेछ। समापन कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुको उपस्थिति रहने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त