मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता सुरू

बिहीबार, ०८ जेठ २०८२, २० : २९
बिहीबार, ०८ जेठ २०८२

पोखरा । नवौं प्रधानमन्त्री (पिएम) कप एनभिए भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत ५ वटा खेल सकिएका छन् । बिहीबार भएको पाँचौं खेलमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा भएको खेलमा हेल्प नेपालले आर्मीलाई ३—० को सोझो सेटमा पराजित गरेको हो । 

यसअघि आजै भएको खेलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफ तथा पुरुषतर्फ गण्डकी प्रदेश र एपिएफ विजयी भए । 

महिलातर्फको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । दोस्रो खेलमा एभरेस्ट भलिबल क्लवले त्रिभुवन आर्मीलाई ३—१ को सेटमा पराजित गर्‍यो । 

तेस्रो खेलमा पुरुषतर्फ एपिएफ क्लबले सुदुरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेकोे हो भने चौथो खेलमा पुरुषतर्फ पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३–१ ले पराजित  गर्‍यो । 

१५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ८ लाख उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप