तस्बिरमा हेर्नुहोस् राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशन

समाचार सारांश
- पोखरामा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भयो।
- प्रधानमन्त्री ओलीले महाधिवेशन उद्घाटन गर्दै राजावादीहरूलाई गलत सपना नदेख्न आग्रह गरे।
- कार्यक्रममा एमालेका नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतको उपस्थिति थियो।
पाेखरा । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । पोखरामा सुरु भएको महाधिवेशनको शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न राजावादीहरुलाई आग्रह गरे । जनताको हक, अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउँदै उनले तयारी अवस्थामा रहन समेत युवाहरुलाई आग्रह गरे ।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरु महेश बस्नेत, राजीब पहारी, निरुदेवी पाल, किरण पौडेललगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : राजेशको ‘नरसिंहा : अवतार’सँग भिड्दै तीन विदेशी फिल्म
-
डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला
-
पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर्न लेखा समितिले पठायो अख्तियारलाई पत्र
-
‘कुलिङ पिरियड’ को प्रावधान यथावत रहन्छ : मन्त्री गुप्ता
-
प्रहरीले अनुसन्धान गरेको ७ वटा सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा
-
भूमिसम्बन्धी विधेयकमा गगन थापाको नेतृत्वमा कांग्रेसका ७ संशोधन प्रस्ताव