आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
सारांश
- कीर्तिपुरमा युसिमास प्रतियोगितामा आराध्य रञ्जितकार 'च्याम्पियन अफ दी च्याम्पियन' घोषित भए।
- प्रतियोगितामा देशभरका ५०० विद्यार्थी सहभागी थिए, जसमा रञ्जितकार कक्षा ७ का विद्यार्थी हुन्।
- युसिमास कार्यक्रमले बालबालिकाको मानसिक गणित क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।
कीर्तिपुर । आराध्य रञ्जितकार कलम, कागज वा क्यालकुलेटर बिना मनमनै हिसाब गर्ने गणितीय कला (युसिमास) प्रतियोगिताको ‘च्याम्पियन अफ दी च्याम्पियन’ घोषित भएका छन् ।
आज यहाँ सम्पन्न उक्त प्रतियोगितामा सहभागी देशभरका रब ५०० विद्यार्थीबीचको प्रतिस्पर्धाबाट उनले सो उपाधि पाएका हुन् । बाह्र वर्षीय रञ्जितकार काठमाडौँकै काजिरोवा स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।
विश्वव्यापी रूपमा मान्यता प्राप्त युसिमास कार्यक्रमअन्तर्गत तालिम प्राप्त बालबालिकाहरूको अद्वितीय मानसिक गणित क्षमतालाई कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा युसिमास अन्तरराष्ट्रिय मुख्यालय मलेसियाका प्रमुख अलेक्सन वोंगले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै बालबालिकाको संज्ञानात्मक विकासमा युसिमास कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
प्रतियोगितापछि आयोजित कार्यक्रममा विजयी विद्यार्थीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा सबै सहभागीहरूलाई सम्मान गरिनाका साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण