विश्वबाट फाँसीवाद अन्त्य भएको ८० वर्ष पूरा, राजनीतिक ध्रुवीकरणको असर नेपालमा
काठमाडौँ । विश्वबाट फाँसीवाद अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा काठमाडौँ विशेष कार्यक्रम आयोजना भएको छ । फ्रेण्ड्स अन क्लाउडले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता एवं पूर्व मन्त्री डा मीनेन्द्र रिजाल, पूर्व राजदूत टंक कार्की, पूर्व राजदूत महेश दाहाल, विदेश मामिलाका ज्ञाता जेसन वैद्य, फ्रेण्ड्स अन क्लाउडका अध्यक्ष शोमित उप्रेती लगायतले धारणा राखेका थिए ।
फाँसीवादका विभिन्न सन्दर्भको चर्चा गर्दै डा रिजालले नेपालको संवेदनशिलतालाई ध्यानमा राखेर छिमेकी राष्ट्रबारे धेरै बोल्न नहुने धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सैद्धान्तिक र व्यवहारिक राजनीतिक परिपक्वता नभएकोसमेत टिप्पणी गरे ।
एमाले नेता एवं पूर्व राजदूत टंक कार्कीले फाँसीवाद अन्त्य भएपनि विश्वका शासकमाझ यो प्रवृत्ति अहिले पनि कायम रहेको दृष्टान्त प्रस्तुत गरे । उनले विश्व ध्रुवीकरणको चर्चा गर्दै त्यसको असर नेपालमा पनि पर्ने भएकाले दलहरू सचेत हुनुपर्ने धारणा राखे ।
विदेश मामिला विज्ञ जेसन बैद्यले फाँसीवादको इतिहास, सन्दर्भ र नेपाल मामिलाको चर्चा गर्दै परिवर्तनको पक्षमा दृष्टिकोण प्रस्तुत गरे ।
अन्य युरोपेली देशहरूमा फासिवाद फैलिनु अघि पहिलो फासीवादी आन्दोलन इटालीमा पहिलो विश्वयुद्धको क्रममा देखा परेको थियो । उदारवाद, माक्र्सवाद र अराजकतावादको विरोधमा फाँसीवाद पारम्परिक बायाँ – दायाँ रंगावली भित्र उग्र दक्षिणतर्फ राखिएको छ।
तानाशाही शक्ति, फरक विचारको वा विरोधको बलपूर्वक दमन, साथै समाज र अर्थतन्त्रको बलियो फौजीकरण जस्ता विशेषता रहेको फासिवाद २० औँ शताब्दीमा प्रचलित थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण