गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि
आइतबार, ११ जेठ २०८२, १० : ४५

समाचार सारांश
- गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ, प्रदेश प्रमुखले बैठक आह्वान गरे।
- पहिलो बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन्, सरकारले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ।
- असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज २ बजेका लागि पहिलो बैठक आह्वान गरेका छन् ।
संसद् सचिवालयका अनुसार पहिलो दिनको बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन् । यही अधिवेशनमा सरकारले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ ।
सोमबार बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने र १९ गते नीति तथा कार्यक्रम संसदमा टेबुल गर्ने बताइएको छ । संविधान अनुसार प्रत्येक असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला
-
सकियो हलिउड फिल्म ‘तेन्जिङ’को नेपाल छायाङ्कन
-
सप्तरीमा डकैतीपछि गोली फायरिङ र धारिलो हतियार प्रहार, एक जनाको मृत्यु, एक घाइते
-
बेपत्ता गोताखोरको बिहानैबाट खोजी सुरु
-
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)