अनलाइन पत्रकारको अध्यक्षमा शिव सत्याल निर्विरोध निर्वाचित
आइतबार, ११ जेठ २०८२, ११ : ५८

समाचार सारांश
- अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन्।
- सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
- संघको १४ औँ साधारणसभामा नयाँ कार्यसमितिको घोषणा गरियो, जसमा विभिन्न पदका लागि सदस्यहरू चयन भए।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको एसोसिएट संस्था अनलाइन पत्रकार सङ्घ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको १४ औँ वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
सङ्घको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त, सचिवमा विकासन्युजका सन्तोष रोकाया, कोषाध्यक्षमा इक्विटी नेपालका निर्दोष घोरसाइने साथै सदस्यहरूमा बाह्रखरीका कृष्ण लोत्थ्याल, कान्तिपुरकी पुष्पा केसी र हिमवतखण्ड डटकमका श्रीकृष्ण धिमाल चयन भएका छन् ।
सङ्घको १४ औँ साधारणसभामा संस्थापक अध्यक्ष केपी ढुङ्गाना नेतृत्वको निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको घोषणा गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको तयारी
-
दुर्गा प्रसाईंविरुद्ध हत्यासहित ६ वटा मुद्दामा अभियोग दर्ता
-
राप्रपा महामन्त्री धवलशमशेरविरुद्ध ४ वटा मुद्दामा अभियोग दर्ता
-
स्टेलान्टिसको नेपालमा दोश्रो मल्टी-ब्राण्ड डिलरशिप: साङ्ग्रिला मोटर्समार्फत उत्तरढोकामा प्रिमियम शोरूम सञ्चालनमा
-
रवीन्द्र मिश्रविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ मुद्दामा अभियोजन
-
तीनकुने घटना : दुर्गा प्रसाईँसहित २० जनालाई जन्मकैद मागदाबी