यातायात कार्यालय बाराद्वारा १० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन
सारांश
- यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ।
- कार्यालयले सवारीसाधन करबाट रु तीन करोड ८३ लाख ८७ हजार २६७ र सवारी चालक अनुमति पत्रबाट उल्लेख्य राजस्व सङ्कलन गरेको छ।
- कार्यालय प्रमुखका अनुसार मासिक औसतमा रु ६१ लाख राजस्व सङ्कलन भइरहेको छ।
पर्सा । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रद ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । “कार्यालयले औसतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उनले भने ।
कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमति पत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । त्यस्तै अनुमति पत्र पास थपतर्फको शीर्षकमा रु २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमति पत्र दर्ता नयाँ शीर्षकमा भने रु ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ ।
त्यस्तै अनुमति पत्र दर्ता थप शीर्षकमा रु ३३ लाख ६२ हजार, अनुमति पत्र नवीकरणतर्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ । त्यस्तै आयकरतर्फ रु आठ लाख ६० हजार ५२५ र पटके करतर्फ रु ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण