गृहमन्त्रीको प्रष्टीकरण : ‘कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ’
काठमाडौँ । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रष्टीकरण दिएका छन् ।
सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकले आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईलाई बदमासी गरेको थाहा पाएरै हटाएको बताएका हुन् ।
भिजिट भिसामा सेटिङ प्रकरणमा के भएको हो भनेर नेताहरूले कुरा उठाएपछि बैठकमा लेखकले भनेका थिए, ‘कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ, मेरो कुनै संलग्नता छैन ।’
गृह मन्त्रालय स्रोतका अनुसार प्रमुख अध्यागमन अधिकृत भट्टराईले एक महिनादेखि सरुवा माग्न मन्त्रालयमा धाइरहेका थिए । तर, गृहमन्त्री लेखकले भने अन्य विश्वासिलो मान्छे भेटिएको छैन भन्दै भट्टराईलाई रोकिरहेका थिए ।
त्यसपछि जेठ ६ गते पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाले प्रमुख अध्यागमन अधिकृत भएर जान राजी भएपछि भट्टराईलाई हटाइएको हो ।
स्रोतहरू भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा मानिस विदेश जाँदा गर्ने गरेको आर्थिक चलखेल र सेटिङबारे गृहमन्त्री पूर्ण रूपमा जानकार रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण