गृहमन्त्रीको राजीनामा सम्बन्धमा विपक्षी दलहरू संसदमा एक ठाउँमा उभिने
सारांश
- विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरेका छन्, जो ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन्।
- संसद बैठक अघि विपक्षी दलका नेताहरूको छलफलमा गृहमन्त्रीको राजीनामाबारे साझा धारणा बनेको थियो।
- माओवादी केन्द्र, रास्वपा, राप्रपा र आम जनता पार्टी लगायतका दलहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दैछन्।
काठमाडौँ । विपक्षी दलहरू ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने विषयमा एकमत भएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठक बस्नुअघि विपक्षी दलका नेताहरूको अनौपचारिक छलफल भएको र सो क्रममा गृहमन्त्रीले राजीनामा दिनुपर्ने सम्बन्धमा साझा धारणा बनाइएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताए ।
‘गृहमन्त्रीको राजीनामा माग्ने विषयमा संसदमा साझा धारणा बनाएर जाऊँ भन्ने विषयमा विपक्षी दलहरूका नेताहरू अनौपचारिक छलफल भएको हो । भिजिट भिसामा गृहमन्त्रीमाथि पनि प्रश्न उठको छ । उहाँले राजीनामा दिएर निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ’, दाहालले भने ।
संसदमा प्रमुख प्रतिपक्ष दल माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), आम जनता पार्टी लगायत दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग्ने तयारी गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण