निजी आवास पुनःनिर्माणका लागि एक करोड अनुदान
सारांश
- तनहुँ जिल्ला प्रशासन कार्यालयले विपद् प्रभावित निजी आवास पुनर्निर्माण र पुनर्स्थापनाका लागि एक करोड अनुदान रकम वितरण गरेको छ।
- सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार, यो रकम मनसुनजन्य विपद् प्रभावित ६५ लाभग्राहीलाई पहिलो, दोस्रो र तेस्रो किस्तामा वितरण गरिएको हो।
- कार्यालयले यसै आर्थिक वर्षको चैत मसान्तसम्म पाँच करोड ८८ लाखभन्दा बढी राजस्व संकलन गरेको छ, जसमा राहदानीबाट सबैभन्दा धेरै योगदान रहेको छ।
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले विपद् प्रभावित निजी आवास पुनःनिर्माण र पुनर्स्थापनाका लागि रु एक करोड अनुदान रकम वितरण गरेको छ । कार्यालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाभग्राहीलाई सो रकम वितरण गरेको हो ।
पहिलो, दोस्रो र तेस्रो किस्ता गरी उक्त रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणअन्तर्गत लाभग्राहीहरूका घरहरू अनुगमन गरी अनुदान रकम वितरण गरिएको भण्डारीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयबाट रु ४४ लाख ५० हजार र विपद् पुनःनिर्माण र पुनःस्थापना मार्फत रु ६५ लाख ५० हजार स्थानीय विपद् कोषमा निकासा गरिएको भण्डारीले जानकारी दिनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु पाँच करोड ८८ लाख २२ हजार छ सय ७७ राजश्व सङ्कलन गरेको छ । संस्था दर्ताबाट रु १६ लाख ६६ हजार छ सय, हातहतियार नवीकरणबाट रु पाँच लाख ५६ हजार आठ सय ७५, राहदानीबाट रु पाँच करोड ५४ लाख ३७ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट रु दश लाख ९६ हजार तीन सय ४२, प्रशासनिक दण्ड जरिवानाबाट रु १५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट रु पाँच हजार, सरकार सम्पत्तिको बहालको आयबाट रु ३३ हजार नौ सय ६० राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण