एउटै क्लबबाट व्यवसायीक फुटबल खेलेर इतिहास रच्ने बाबु–छोरी
काठमाडौँ । एक १६ वर्षीया युवती र उनका पिताले एउटै क्लबबाट फुटबल खेलेर इतिहास बनाएका छन् । उनीहरू एउटै क्लबबाट व्यवसायीक फुटबल खेल्ने पहिलो बाबु–छोरी बनेका छन् ।
यी दुबै बाबु–छोरी इङ्लिस क्लब ग्लुसेस्टर सिटीबाट व्यवसायीक फुटबल खेल्छन् । ३९ वर्षीय रिचर्ड म्यानसेल ग्लुसेस्टर सिटी एफसीको पुरुष सिनियर टोलीबाट खेल्छन् । उनी आजभन्दा २० वर्षअघि यो क्लबमा आबद्ध भएका थिए ।
अहिले उनकी छोरी इमोजेन म्यानसेल पनि सोही क्लबको महिला सिनियर टोलीमा ‘डेब्यू’ गर्ने अवसर पाएकी छन् । उनी यसअघि सोही क्लबको यू–१६ महिला टोलीमा आबद्ध थिइन् । छोरी इमोजेन आफ्नै क्लबको सिनियर महिला टोलीको सदस्य बनेपछि रिचर्डले आफू गौरवान्वित भएको बताएका छन् ।
ग्लुसेस्टर सिटीले पनि पिताकै पदचिन्ह पछ्याउँदै इमोजेन व्यवसायीक फुटबलमा सक्रिय हुनु खुसीको कुरा भएको प्रतिक्रिया दिएको छ ।‘यो मेरा लागि गौरवको विषय हो । उनी क्षमतावान खेलाडी हुन् र उनको भविष्य पनि उज्ज्वल छ,’ पिचा रिचर्डले भनेका छन् ।
रिचर्ड आफैले पनि छोरीलाई फुटबलको कला सिकाउने गरेका छन् । ‘उनको क्षमतामा निखार ल्याउन मैले सक्दो प्रयास गरेको छु । उनी निकै परिश्रमी पनि छन्,’ रिचर्ड भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण