बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय

एउटै क्लबबाट व्यवसायीक फुटबल खेलेर इतिहास रच्ने बाबु–छोरी

मङ्गलबार, १३ जेठ २०८२, १५ : ४९
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । एक १६ वर्षीया युवती र उनका पिताले एउटै क्लबबाट फुटबल खेलेर इतिहास बनाएका छन् । उनीहरू एउटै क्लबबाट व्यवसायीक फुटबल खेल्ने पहिलो बाबु–छोरी बनेका छन् । 

यी दुबै बाबु–छोरी इङ्लिस क्लब ग्लुसेस्टर सिटीबाट व्यवसायीक फुटबल खेल्छन् । ३९ वर्षीय रिचर्ड म्यानसेल ग्लुसेस्टर सिटी एफसीको पुरुष सिनियर टोलीबाट खेल्छन् । उनी आजभन्दा २० वर्षअघि यो क्लबमा आबद्ध भएका थिए । 

अहिले उनकी छोरी इमोजेन म्यानसेल पनि सोही क्लबको महिला सिनियर टोलीमा ‘डेब्यू’ गर्ने अवसर पाएकी छन् । उनी यसअघि सोही क्लबको यू–१६ महिला टोलीमा आबद्ध थिइन् । छोरी इमोजेन आफ्नै क्लबको सिनियर महिला टोलीको सदस्य बनेपछि रिचर्डले आफू गौरवान्वित भएको बताएका छन् । 

ग्लुसेस्टर सिटीले पनि पिताकै पदचिन्ह पछ्याउँदै इमोजेन व्यवसायीक फुटबलमा सक्रिय हुनु खुसीको कुरा भएको प्रतिक्रिया दिएको छ ।‘यो मेरा लागि गौरवको विषय हो । उनी क्षमतावान खेलाडी हुन् र उनको भविष्य पनि उज्ज्वल छ,’ पिचा रिचर्डले भनेका छन् । 

रिचर्ड आफैले पनि छोरीलाई फुटबलको कला सिकाउने गरेका छन् । ‘उनको क्षमतामा निखार ल्याउन मैले सक्दो प्रयास गरेको छु । उनी निकै परिश्रमी पनि छन्,’ रिचर्ड भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप