सिद्ध रत्ननाथ मन्दिरको १० कठ्ठा जग्गामा व्यक्तिका महल
तुलसीपुर । दाङको तुलसीपुर बजारभित्र तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर ठूला–ठूला घर छन् । ति घर आफ्नै जग्गामा बनेका हुन्, भन्ने लाग्ला । तर, त्यसो होईन्, चार–पाँच फ्लाइटका ती घर त मन्दिरको नामको जग्गामा बनेका घर हुन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित सिद्ध रत्ननाथ मन्दिरको जग्गा १० कठ्ठा हो । तर, त्यो जग्गा मन्दिरले उपभाग गर्न पाएको छैन । मन्दिरले अहिले तीन कठ्ठा मात्रै जग्गा भोगचलन गर्दै आएको छ । बाँकी सबै जग्गा अतिक्रमणमा परेको छ । गुठीअन्तर्गत रहेको उक्त मन्दिरको जग्गामा चार–पाँच तले घरहरू निर्माण भएको मन्दिरका संरक्षक तेजनाथ योगीले बताए ।
‘ठूला–ठूला घरहरु बनेका छन्, ती घरहरु हटाउन सकिएको छैन, हामीलाई जग्गा नभएर हैरान छ’, उनले भने, ‘हाम्रो जग्गा फिर्ता ल्याउन कोही पनि निकायले पहल गरेको छैन ।’ अहिलेको तुलसी बोर्डिङ चोक नजिक पहिला मन्दिर थियो । पछि यता सारियो । त्यो हुँदा अहिले उक्त क्षेत्र अतिक्रमणको चपेटामा परेको संरक्षक योगीको भनाइ छ । त्यहाँ १५–२० घरहरु बनेका छन् ।
मन्दिरकै जग्गामा बनेका घरमा मन्दिरलाई जग्गावापतको भाडा दिए पनि सहज हुने वा एउटा/एउटा सटर दिए पनि सहज हुने उहाँको तर्क छ । त्यसका लागि पहल गर्ने गरी अगाडि बढाइएको संरक्षक योगीको भनाइ छ । त्यसका लागि अब सम्बन्धित निकायमा माग गर्नेतर्फ आफूहरुले सोच बनाएको उनले बताए ।
मन्दिरको जग्गा भए पनि सबै अतिक्रमणमा पर्दा अहिले सभाहल कहाँ बनाउने भन्नेमा अन्यौल छ । केही दिन अघि सप्ताह लगाइएको मन्दिरले सभाहल बनाउने योजना बनाएको छ । अहिले मन्दिरदेखि उत्तरतिर केही जग्गा भए पनि त्यति जग्गाले मात्रै पुग्ने अवस्था नहुँदा समस्या भएको छ ।
मन्दिरको जग्गा सार्वजनिक भएकाले त्यसलाई फिर्ता ल्याउन सरकारले साथ दिनुपर्ने संरक्षक योगीले बताए । बजार विस्तारका क्रममा अतिक्रमण गरेर त्यो जग्गामा घर बनाइएका हुन् । अहिले ती जग्गामा बनेका घरमा ठूला–ठूला व्यवसाय सञ्चालनमा छन् । विभिन्न सरकारी तथा गुठीको जग्गा अतिक्रमणमा परिरहेको अवस्थामा तुलसीपुरस्थित मन्दिरको जग्गा यसरी अतिक्रमणमा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण