बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

सगरमाथाको काखबाट फर्किएपछि प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र– बजेटमा हिमाल देख्न पाइयोस्

बुधबार, १४ जेठ २०८२, ०८ : २३
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पत्र लेख्दै आगामी बजेटमा हिमाललाई समेट्न आग्रह गरे।
  • जलवायु परिवर्तनको असरले आरोहण पर्यटनमा संकट आउने भन्दै शर्माले व्यावसायिक आरोहीलाई प्रोत्साहन गर्नुपर्ने बताए।
  • शर्माले सगरमाथा क्षेत्रमा सञ्चार टावरको अभाव र विदेशी पर्यटकले परिवारसँग कुरा गर्न नसक्ने गुनासो गरे।

काठमाडौँ । सगरमाथाको बेसक्याम्प तीन नजिक पुगेर काठमाडौँ फर्किएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा दोस्रो पत्र लेखेका छन् । जसमा उनले सरकारको आगामी बजेटमा हिमाल पनि समेटियोस् भन्ने अपेक्षा गरेका छन् । 

जलवायु परिवर्तनको असरबाट हिमाल जोगाउन सकियो, तर सरकारको दृष्टि पुर्‍याएर त्यहाँका व्यावसायिक आरोहीलाई प्रोत्साहित गर्न या जोगाउन सकिएन भने अबको दशकमा आरोहण पर्यटन गम्भीर सङ्कटमा पुग्ने भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

'सरकारले हाम्रा ८ उच्च हिमाल सगरमाथा, ल्होत्से, मकालु, कंचनजंगा, चोयु, धवलागिरि, मनासलु र अन्नपूर्ण लगायत अन्य हिमालमा नियमित रूपमा कार्य गरिरहेका व्यावसायिक आरोहीहरूको विवरण सङ्कलन स्थानीय तह मार्फत एक निश्चित उमेरपछि ससम्मान बिदाइ गरेर हातमा पेन्सन पट्टा थमाउने व्यवस्था सरकारले गर्नपर्छ' उनले पत्रमा उल्लेख गरेका छन् । 

'प्रविधिको यो जमानामा प्रकृतिको सुन्दर काख बेसक्याम्पमा सरकारको एक थान सञ्चार टावर छैन । बेसक्याम्प र क्याम्प टुमा चलाइएका नेटवर्क न सरकारका हुन् न सरकारको पहुँचमा छन् । जीवनमा एकपटक सगरमाथा बेसक्याम्प पुग्ने सपना बोकेर त्यहाँ पुगेका कुनैपनी विदेशी पर्यटकले आफ्नो खुसी तुरुन्तै आफ्नो परिवारसँग बाँड्न सक्दैनन्', पत्रमा भनिएको छ । 

उनले थप भनेका छन्-'सगरमाथाको पिकमा जो पुग्छन् तिनको मोबाइलमा अटो नियन्त्रण चिनियाँ समयको भइसक्छ । उताको टावरले अतिक्रमण गर्‍यो भनेर वक्तव्य दिएर हुन्न, आफ्नो टावरको स्थापना र त्यसको क्षमताको दायरा बलियो बनाउनु हाम्रो सरकारको कर्तव्य हो । यो संवेदनशील प्रश्नमा सरकारको गम्भीर ध्यान अविलम्ब पुगोस् । '

 सगरमाथाको बेसक्याम्पमा ४० बढी देशका मानिस भेटिए पनि त्यहाँ नेपाल सरकार नभेटिएको उनको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप