सिराहाको नवराजपुरका गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका पूर्व अध्यक्ष, उपाध्यक्ष र अन्य कर्मचारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- भवन निर्माणमा अनियमितता र रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको हो, जसमा डीपीआर तयार पार्नेदेखि भुक्तानीसम्मका प्रक्रियामा त्रुटि भएको उल्लेख छ।
- यसअघि पनि नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
सिराहा । सिराहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका पूर्व गाउँपालिकाका अध्यक्ष विश्वमोहनप्रसाद यादवसहित उपाध्यक्ष शोभा कुमारी र प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, ४ र ५ नम्बर वडाका तत्कालीन वडाअध्यक्षहरू मदन यादव, मनोज र कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख संजयप्रसाद यादवलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्र कुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादवलाई पनि अख्तियारले आरोपी बनाएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको गुणस्तरमा प्रश्न उठेको अख्तियारको दाबी छ ।
डीपीआर अनुसार ६ करोड १८ लाख ६८ हजार ७६४ रुपैयाँ लागत अनुमान भएको अवस्थामा बदनीयतपूर्वक स्रोतको सुनिश्चितता र वार्षिक योजनासमेत स्वीकृत नगरी डीपीआरलाई खण्डीकरण गरी ३७ लाख ७५ हजार ४३६ रुपैयाँको लागत अनुमान तयार गरेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भवन उपभोक्ता समितिमार्फत निर्माण गर्ने गरी २०७७ जेठ ३२ मा सम्झौता भएको थियो । तर, ३७ लाख ७९ हजार १०६ रुपैयाँको कार्य भएको भनी गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई श्रमदान,आयकर, बहाल कर र सामाजिक सुरक्षा कर कट्टा गरी ३४ लाख ३९ हजार १८९ रुपैयाँ भुक्तानी गरिएको तथा भवन उपयोगविहीन भएको अख्तियारले जनाएको छ ।
मधेस प्रदेश सरकारको सांसद अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो काम पूरा गर्नका लागि दिएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको खुलेपछि उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आयोगले तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सव–इन्जिनियर सन्तोषकुमार यादवविरुद्ध १४ लाख ५१ हजार ५५१ रुपैयाँ बराबरको बिगो दाबी गरेको थियो ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि समान बिगो दाबी कायम गरिएको छ । आयोगले गाउँपालिकाका तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नं ४ का वडा तत्कालीन अध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन अध्यक्ष मनोजकुमार यादव र वडा नं २ का तत्कालीन अध्यक्ष खुसीलाल साहविरुद्ध पनि समान बिगो, कैद र जरिवाना समेत माग गरी मुद्दा दायर गरेको थियो ।
यसअघि पनि नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । गत जेठ २८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष यादव, उपाध्यक्ष शोभाकुमारी, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतलगायत १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण