पहिलो पटक रोबोट रोबोटबिच बक्सिङ
सारांश
- पहिलो पटक, दुई रोबोटहरू बीच बक्सिङ प्रतियोगिता चीनमा भयो, जसमा रोबोटहरूले मुक्का हाने र लात हाने।
- यो प्रतियोगिता 'विश्व रोबोट प्रतियोगिता' को रूपमा चिनिन्थ्यो, जहाँ चार रोबोटहरूले भाग लिएका थिए, सबै चिनियाँ कम्पनी युनिट्री रोबोटिक्सद्वारा निर्मित थिए।
- रोबोटहरू १३२ सेन्टिमिटर अग्लो र ३२ किलोग्राम तौलका थिए, र मानव प्रशिक्षकहरूले जोइस्टिक प्रयोग गरेर टाढैबाट नियन्त्रण गरेका थिए।
बेइजिङ । संसारमा पहिलो पटक दुई रोबोटहरू बिच बक्सिङ प्रतियोगिता भएको छ । यसमा रोबोटहरूले एक अर्कामाथि लात र मुक्का प्रहार गरेका थिए । सवा चार फिटका यी रोबोटहरूको लडाई टिभीमा पनि प्रसारण गरिएको थियो ।
यस प्रतियोगिताको नाम विश्व रोबोट प्रतियोगिता थियो । प्रतियोगिता हालै भएको थियो । यी रोबोटहरू चिनियाँ कम्पनी युनिट्री रोबोटिक्सले तयार पारेको हो । यसले धेरै उन्नत मानवोइड रोबोटहरू बनाउने काम गरिरहेको छ ।
चीनको हांग्जो सहरमा आयोजित यस प्रतियोगितामा चार रोबोटहरूले भाग लिएका थिए । सबै रोबोटहरू एउटै आकारका थिए र तिनीहरूको उचाइ १३२ सेन्टिमिटर थियो भने तौल ३२ किलोग्राम थियो ।
बक्सिङ रिङमा लड्ने रोबोटहरूलाई टाढाबाट नियन्त्रण गरिएको थियो । यसका लागि मानव प्रशिक्षकले जोइस्टिकको मद्दतले तिनीहरूलाई नियन्त्रण गरे । प्रतियोगिता चाइना सेन्ट्रल टेलिभिजनमा प्रसारण गरिएको थियो ।
युनिट्री कम्पनीले पहिले पनि आफ्नो रोबोटको भिडियोहरू सार्वजनिक गरिसकेको छ । जसमा रोबोटहरू उच्च गतिमा दौडिरहेको देख्न सकिन्छ ।
एउटा भिडियोमा यो संसारको पहिलो सबैभन्दा छिटो दौडने रोबोट हो भनेर देखाइएको थियो । भिडियोमा रोबोटहरू सबै सतहहरूमा सजिलै दौडन सक्ने देखाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण