भारतमा हप्ताभरमै दिन गुणा बढे कोराना सङ्क्रमित
नयाँ दिल्ली । भारतभरि कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ८३ पुगेको छ । केरलामा सबैभन्दा बढी ४३० जना कोरोना बिरामी फेला परेका छन् ।
मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । गुजरातमा १३ जना बिरामी निको भएका छन् । उत्तर–पूर्वमा पनि कोरोनाका बिरामीहरू थपिन थालेका छन् ।
मंगलबार अरुणाचल प्रदेशमा २ जना महिलामा कोरोना पोजिटिभ पाइएको थियो । तीमध्ये एक जनालाई ज्वरो र हल्का खोकी लागेको छ भने अर्की महिलामा कुनै लक्षण देखिएको छैन ।
मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय सङ्क्रमित वृद्धको उपचारको क्रममा मृत्यु भयो । राज्यमा कोभिडको नयाँ भेरियन्टबाट भएको यो पहिलो मृत्यु हो । यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ । कुल मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको मे २९–३० मा बिहार भ्रमणमा जादैछन् । यसलाई ध्यानमा राखेर राज्यको स्वास्थ्य विभाग सतर्क बनेको छ । प्रधानमन्त्रीको १०० मिटर भित्र बस्ने सबैको कोरोना परीक्षण गर्न निर्देशन दिइएको छ ।
भारतका धेरै राज्यहरूमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको छ । यसैबिच देशमा चार नयाँ भेरियन्टहरू फेला परेका छन् । दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन् । अन्य ठाउँहरूबाट नमुनाहरू लिइँदै छन् ।
नयाँ भेरियन्टहरूको अनुसन्धान गर्न सकियोस् भनेर अनुक्रमण गरिँदै छ । केसहरू धेरै गम्भीर छैनन् र मानिसहरूले चिन्ता गर्नु नपर्ने भनिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले पनि यिनीहरूलाई चिन्ताजनक ठानेको छैन । यद्यपि, यसलाई निगरानीमा राखिएको भेरियन्टको रूपमा वर्गीकृत गरिएको छ । चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरूमा यो भेरियन्ट देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण